Logo

खेलकुद

सुदूरपश्चिमलाई सुरुवातमै झट्का, पहिलो ओभरमै आउट भए विनोद भण्डारी



काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमै विकेट गुमाएको छ।

पोखराका बलर धनञ्जय लक्षणले पहिलो ओभरको पाँचौं बलमा ओपनर विनोद भण्डारीलाई बोल्ड गर्दै सुदूरपश्चिमलाई पहिलो झट्का दिएका हुन्। भण्डारीले २ बलमा १ चौकासहित ४ रन बनाए। उनी आउट हुँदा सुदूरपश्चिमको स्कोर ९ रन थियो।

पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमका अर्का ओपनर सेफ जेब ३ बलमा ५ रन बनाएर क्रिजमा छन्। पहिलो ओभरको पाँच बल सकिँदा सुदूरपश्चिमले १ विकेटको क्षतिमा ९ रन बनाएको छ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। पोखराले जितका लागि सुदूरपश्चिमसामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १९:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।