Logo

अर्थ

आइएमई जनरल इन्स्योेरेन्सको २५औँ बार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारणस सम्पन्न भएको छ । माघ ९ गते सोमबार होटल लि हिमालय, लाजिम्पाटमा सम्पन्न साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमाबजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।

सभालाई अध्यक्ष ढकालले समीक्षा बर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए । उनले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा बर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदानगर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. माउल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवाप्रदान गर्ने जानकारी गराए ।

देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गतबर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराउँदै कम्पनीले २५औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभालेस्वीकृत गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १७:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।