Logo

अर्थ

छोरीको विवाहमा जीवन बीमा उपहार !



धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् । यही माघ ६ गते भएको विवाहमा कमलाले आफ्नी छोरी रुबिना र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफइन्स्योरेन्सको जीवन बीमा योजना उपहार दिएकी हुन् ।

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमलाले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् । कमला प्रभु लाइफइन्स्योरेन्सको धरान शाखाअन्तर्गत बीमाअभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुन् । समाज परिवर्तन आफैबाट हुनुपर्छ, उनले जीवनबीमा पोलिसी हस्तान्तरण गर्दै भनिन् ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफइन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखाप्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिति थियाे । जीवन बीमा उपहार प्रदान गरेकाकामा प्रदेश प्रमुख भट्टराईले बधाई तथा नयाँ संस्कारको सुरुवात गरेकामा धन्यवाद व्यक्त गरे ।

धरान शाखाप्रमुख सन्तोषले जीवनबीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने नभई भइरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार २०:०९   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।