Logo

प्रमुख समाचार

बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने



मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई बुधबार पूर्णता दिने निर्णय गरेको हो ।बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय समेत गरेको छ ।

गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय घटाउने निर्णय गरेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए ।

प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले प्रदेशमा ११ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।

बुधबार सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद्‍मा ८ जना मन्त्री नियुक्त गरिने उनले बताए । दलहरुभित्र आन्तरिक छलफल गरी बुधबार दिउँसो २ बजेपछि नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ तय गरिएको सरकारका प्रवक्ता थपलियाले बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १९:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।