अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् ।सो झडपमा परेर अरु कम्तीमा पनि पाँच जना तालिबानी लडाकूको मृत्यु भएको एक स्थानीय अधिकारीले आइतबार पुष्टि गरेका छन् ।
कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा भएको झडपमा परी ती सैनिक मारिएका अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार उक्त क्षेत्रमा रहेको सुरक्षा जाँच चौकीमा ठूलो संख्यामा आएका लडाकूहरुले हातहतियारले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो ।सो भिडन्तका क्रममा ती सैनिक मारिएका बताइएको हो । त्यसैगरी सो झडपका क्रममा अरु पनि केही सैनिक घाइते भएका पनि बताए ।
उक्त जिल्लामा केही दिनयतादेखि तालिबानी लडाकूहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । उता कतारको दोहामा अफगान सरकार र तालिबानीबीच शान्ति वार्ता जारी रहेको छ । तर पनि यता भने तालिबानीहरुले आक्रमण गर्न छोडेका छैनन् ।





















प्रतिक्रिया