Logo

राजनीति

चितवन २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै आयोग पुगे उमेश श्रेष्ठ




काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ आफूलाई चितवनबाट निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । आइतबार निर्वाचन आयोग पुगेर नेता श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।

चितवन २ क्षेत्रबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग धेरै फरक मतान्तरले पराजित भएका थिए । रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको भनाइ छ । नेता श्रेष्ठले निवेदन दिइसकेपछि पत्रकारसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १४:००   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।