कैलाली । कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएका छन् ।
टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा भएका हुन् ।
उनको रिहाईका लागि कैलाली जिल्ला प्नशाशन कार्यालयले आवश्यक कानुनी प्रक्रिया सुरु गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भएपछि त्यसका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुगेका छन् ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
एक दशक अगाडिका सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई गत १९ माघमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।




















प्रतिक्रिया