काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युतमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।
‘बर्खायाममा मात्र विद्युत् उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत् अभाव छ”, सांसद महतले भने, “बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत् किनेर सकिएको छ ।’ हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले विद्युत्मा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चिति बढ्ने बताए ।




















प्रतिक्रिया