Logo

प्रमुख समाचार

गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सांसद श्रेष्ठको माग




काठमाडौँ । नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको अवस्था अत्यन्त नाजुक रहेको भन्दै ती आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले के कारण आयोजना समयमै सम्पन्न हुनसकेका छैनन्, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण अविलम्ब अगाडि बढाउन सरकारसँग आग्रह गरे ।

कार्ययोजना बनाएर विकास निर्माणको काम अघि बढाउन सरकारलाई सुझाव दिँदै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न उनले माग गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १७:१९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।