काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले जनअपेक्षा पूरा गर्न संसद् रहेका सम्पूर्ण दलहरु एकताबद्ध हुनुपर्ने बताए ।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान निर्माणमा एक भएका दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने उनको भनाइ छ । “संविधान कार्यान्वयन हुन नसक्दा जनतामा निराशा देखिएको छ, प्रदेशको कार्यसम्पादन निराशाजनक छ, सङ्घीय कानुन बनाउनुपथ्र्यो,अघिल्लो संसद्ले सङ्घीय कानुन बनाउन सकेन । अहिले पनि महत्वपूर्ण विधेयक पेस हुनसकेका छैनन्”, उनले बताए ।




















प्रतिक्रिया