काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।
राष्ट्रपति निर्वाचनलाई लिएर प्रचण्ड र नेपालबीच भेटघाट भएको हो । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् । राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।




















प्रतिक्रिया