Logo

प्रमुख समाचार

ओलीले भने : एमालेबाटै राष्ट्रपति हुने कुरा पुस १० मै टुंगिएको हो, अरु थाहा छैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाटै राष्ट्रपति हुने दाबी गरेका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लगाएर बसेको बताए ।

‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौ’, ओलीले भने, ‘भोलि राष्ट्रपतिको मनोनयन हुन्छ ।’ उनले पछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक समिकरण फेरबदलमा भइरहेको प्रयासबारे आफुलाई थाहा नभएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १६:०२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।