Logo

राजनीति

सधैँ मुलुकको हित चाहने कांग्रेसले राजजनीतिक स्थायीत्त्व खोजिरहेकाे छ : नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीको आयोजनामा ‘स्ववियु निर्वाचन सन्दर्भमा : कांग्रेस र भातृ संस्थाको भूमिका’ विषयक अन्तरक्रियामा नेता महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आगामी चुनाैतीकाे समेत आँकलन गर्नुपर्ने बताएक हुन् ।

‘कांग्रेस सधैँ मुलुकको हितमा काम गर्छ। यस पटक पनि हामीले राजनीतिक स्थायीत्त्व खोजिरहेका छौं। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पनि राजनीतिक स्थायीत्वको खोजी नै हो,’ महरले भने, ‘यो कुरामा मुलुकका अन्य ठूला दल पनि गम्भीर बन्नुपर्छ। यस पटक राष्ट्रपति सहमतिको आधारमै कांग्रेसले पाउनुपर्ने हो।’

फरक प्रसंगमा बोल्दै महरले स्ववियु निर्वाचन नजिकिँदै गर्दा यो स्ववियु मिनी संसद भएकोले यसको निर्वाचनमा विना गठवन्धन सफलता हात पार्न नेविसंघ र कांग्रेसको प्रतिष्ठाको विषय बन्नुपर्ने बताए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा विश्व विद्यालय र क्याम्पसहरूमा अनियमितता बढेको उनको गुनासो छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १८:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।