काठमाडौं । आठ दलीय नयाँ गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बस्ने बैठकले राष्ट्रपतिका उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउने छ ।
आज बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । यसअघि सरकारमा रहेको राप्रपा बाहिरिएको छ । एमालेलगायतका दलहरूले भने औपचारिक निर्णय गर्न बाँकी छ ।




















प्रतिक्रिया