काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा पार्टी उपाध्यक्ष नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । नेम्वाङ संविधानसभा अध्यक्षसमेत हुन् । नेम्वाङले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् ।
साथै आजकाे एमाले सचिवालय बैठकले पुस १० काे निर्णय कार्यान्वयन गर्न अपील गरेकाे छ भने कांग्रेस बाहेकका दललाई पनि आफ्ना उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिका लागि सघाउन पत्राचार गर्ने निर्णय गरेकाे पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यसैगरी बैठकले व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यबाट हटाउनुका साथै पार्टीकाे अर्थ तथा याेजना विभागकाे सचिवमा दीपक भट्टलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।




















प्रतिक्रिया