Logo

राजनीति

धर्म र संस्कृति समाज विकासको आधार : प्रदेश प्रमुख गुरुङ



पाेखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धर्म र संस्कृति समाज विकासको आधार भएको बताएका छन् । पोखराको पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा व्यवस्थापन समितिको २६ र २७ औँ साधारणसभा एवं १०औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले धार्मिक एवं सांस्कृतिक माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

“धार्मिक पर्यटन प्रवद्र्धनसँगै त्यसबाट हुने आम्दानीले समाजको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको छ”, प्रदेश प्रमुख गुरुङले भने, “यस्ता क्षेत्रको संरक्षण र विकासमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प छैन ।” गुप्तेश्वर गुफाको आम्दानीबाट बहुमुखी क्याम्पस र गुरुकूल आश्रम सञ्चालन गर्नु समाज तथा राज्यका लागि महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उनले यसको भौगोलिक अवस्थाको अध्ययन अनुसन्धान गर्न पहल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले गुप्तेश्वर गुफा पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको जनाउँदै आम्दानीबाट गुफाको विकाससँगै यस क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार २०:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।