काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधान र गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन् ।
विराटनगरमा आज प्रदेश सभा सदस्यहरूसँगको अभिमुखीकरणमा बोल्दै शान्ति प्रक्रियालाई टुंगो लगाउन पनि १२ बुँदे तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु मिल्न जरुरी रहेको महराले बताए ।
‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हो,’ उनले भने, ‘गणतन्त्रको रक्षा सबैको दायित्व हो ।’ यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ८ दलबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार छन् ।




















प्रतिक्रिया