काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् । यही फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचन हुदैँछ ।
बागमती प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखीकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले भने ‘रामचन्द्र पौडेल कांग्रेसको भए पनि सबैको साझा उम्मेदवार हो, राष्ट्रपति निर्वाचित भएपछि उहाँ देशको राष्ट्र प्रमुख हुनुहुन्छ ।’
उनले फागुन २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मतदान हुने बताए । मतदानका लागि मतदाता (संघीय र प्रदेश सभा सदस्यले) मतदाता परिचय पत्र, नागरिकता वा गत मंसिरमा निर्वाचित भएको प्रमाण पत्र लिएर जानुपर्ने थापाले बताए । राष्ट्रपति निर्वाचित हुनेले उक्त संस्थाको गरिमा बचाउनुपर्ने पनि बताए ।
राष्ट्रपति निर्वाचित गरेपछि दलहरू उपराष्ट्रपति निर्वाचन तयारीमा जुट्ने र त्यसपछि मात्रै संघदेखि प्रदेशसम्मका सरकारबारे छलफल हुने थापाले बताए । ‘कांग्रेसको तर्फबाट महामन्त्रीको हैसियतमा भन्छु, जे समझदारी भएको छ, कांग्रेस सबभन्दा बढी जिम्मेवारीका साथ त्यसमा प्रतिवद्ध रहन्छ’ उनले बताए । अब आउने राष्ट्रपतिले हिजोको दिनबाट सिकेर नयाँ ढंगले चलेर जनताको राष्ट्रपति बन्नु पर्ने उनले बताए ।




















प्रतिक्रिया