Logo

प्रमुख समाचार

एकीकृत समाजवादीले बनायो कार्यदल, सरकारमा जाने तयारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने प्रक्रियामा गृहकार्य गर्न कार्यदल बनाएको छ ।

केन्द्रीय सचिवालयमा मंगलबार बसेको बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । यो कार्यदलले गठबन्धनबाट आफ्नो दलको तर्फबाट को-को सरकारमा जाने भनेर छलफल गर्ने पनि उनको भनाइ छ । एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १४:५०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।