काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने पक्का भएकाे छ । अहिले उनी रहेका भौतिक पूर्वधार मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि उनले गृहकाे जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा माओवादीलाई गृह र एकीकृत समाजवादीले भाैतिक पूर्वधार लिने सहमति भएकाे हाे ।
गृह माओवादीको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले जानकारी दिए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।




















प्रतिक्रिया