काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको नाम टुंग्याएका छन् । नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउँदै छन् ।
प्रचण्डको सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन् । कांग्रेसबाट अर्थमन्त्री प्रकाशशरण महत, रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने र शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम रहनेछिन् । यस्तै सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।
नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री र बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास बन्नेछन् । यस्तै नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दैछिन् । नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका छन् ।
यस्तै जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नेछन् । लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् । यस्तै जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम रहेछन् ।




















प्रतिक्रिया