आम जनता पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको बताएको छ । आजपाका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री नबनाएर धोका दिएको आरोप लगाएका छन् ।
‘गठबन्धनको बैठकमा स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीको लागि भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामी प्रतिको अपमानजनक धोखा हो,’ उनले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री बनाउने बचन दिएका थिए । तर, अन्तिम समयमा शाहलाई छुटाएपछि आजपा असन्तुष्ट बनेको छ ।




















प्रतिक्रिया