Logo

प्रमुख समाचार

आज रविले उम्मेदवारी दर्ता गर्दै, हिजो सर्वोच्चमा रिट



युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वोच्च अदालतमा दिएका छन् ।

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए ।

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’

रवि लामिछानेले सोमबार चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिँदैछन् । तर आज उनीविरुद्ध अदालतमा रिट परेको हो ।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा तेब्बर बढी मतले विजयी भएका रवि नागरिकता विवादमा फसेपछि सांसद पद गुमेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०८:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।