Logo

राजनीति

उपनिर्वाचन : रवि लामिछानेकाे चितवन-२ मा उम्मेदवारी दर्ता



काठमाडौं । रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र न. २ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ । उपनिर्वाचन आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ११:०४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।