काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार मतदान भइरहेको छ । बिहान ढिला गरी सुरु भएका कारण मतदान समयअवधि दुई घण्टा थप गरिएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतादान कार्यक्रम बिहान १० बजे सुरु भएकाले साँझ ६ बजेसम्म समय थप गरिएको हो ।
महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि निर्वाचन भइरहेको हो । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।



















प्रतिक्रिया