काठमाडौं । माओवादी नेता वर्षमान पुनकी ७४ वर्षीय आमा तीर्थमाली पुन मगरलाई गए राति गोली प्रहार भएको छ। आफ्नै नाती नातापर्ने मालिगाउँ घरमा बस्ने सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दार प्रकाश पुनले गएराति गोली चलाउँदा तीर्थमालीको खुट्टामा गोली लागेको हो ।
उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाट भइरहेको बेला घटना घटेको हो । नयाँ वर्षको जमघट वर्षमान पुनको दाइको घरमा भएको पारिवारिक स्रोतले जनाएको छ । गोली चलाउने सहायक हवल्दार पुन कामु प्राधानन्यायधिशको अगाडि गाडीमा बस्ने सुरक्षा अधिकृत हुन् ।
काठमाडौं प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा बुझाएको छ । प्रहरी प्रधान कार्यालयमा उनीसँग घटनाबारे सोधबुझ भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया