काठमाडौं । भारत प्रस्थान गर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमले विमानस्थलमै रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै विमानस्थलमा निगमका कर्मचारीले उनलाई विमान चढ्नबाट रोकेका हुन् ।
अर्याल दिउँसो पउने २ बजे निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए । योमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् ।
यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।




















प्रतिक्रिया