Logo

प्रमुख समाचार

ढाकालाई रविले भने– ‘अदालतले क्लिन चिट दिएछ भने संसद्‍मा स्वागत गरौंला’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘घुस डिल’ प्रकरणमा मुछिएपछि निलम्बनमा परेका डा. ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । यहाँसम्मको यात्रामा डा. श्रेष्ठको पनि योगदान रहेको उल्लेख गर्दै उनले पार्टीलाई सहयोग गर्न भनेका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्वासांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईंले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, यसो गर्दिन्छु नभन्नुहोला । यो यात्रामा कहिँ न कहिँ तपाईंको पनि योगदान छ ।’

चितवन २ का उम्मेदवारसमेत रहेका लामिछानेले यात्रा बिथोल्ने काम गर्न भन्दै अदालतले क्लितचिट दिएमा संसद्‍मा स्वागत गर्ने बताए । ‘आफूले योगदान दिएको यात्रमा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईंले सघाउनु होला’, उनले भने, ‘भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईंलाई संसद्मा स्वागत गरौंला । यो यात्रा बिथोल्ने काम नगर्नुस् ।’

श्रेष्ठले आफू मन्त्री बन्न लागेको तर त्यसका लागि पार्टीको कोर टिमलाई बुझाउन साढे २ करोड बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेका थिए । गत माघ १ मा भएको उक्त फोन संवाद गत चैत २६ मा सार्वजनिक भएपछि उनलाई पार्टीले साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

रास्वपाले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ । त्यस कदमविरुद्ध श्रेष्ठ अदालत जाने तयारीमा रहेका बेला सभापति लामिछानेले मुद्दामामिला नगर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १४:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।