Logo

राजनीति

कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आइतबार शपथ



काठमाडौं । नेपाली कांग्रेस नेता एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । नेता साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो ।

कञ्चनपुर २ बाट निर्वाचित साउदलाई आइतबार प्रधानमन्त्री प्रचण्डले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको बताइएको छ । कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि सिँचाईमन्त्री भइसकेका व्यक्ति हुन् ।

कांग्रेसको आन्तरिक भागबन्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सभापति देउवाले पाँचौं मन्त्री पनि आफ्नै समूहबाट पठाउन लागेका हुन् । यसअघि उपप्रधानसहित ४ मन्त्री कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा पठाइसकेको छ ।

सरकार विस्तार लगायतका विषयमा छलफलका लागि शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको नाम छिटो दिन देउवालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १८:१५   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।