काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले राम्रोसँग सम्हालिएर काम गर्नुपर्ने बताएका छन् । अहिले पनि अहिलेको स्थिति असहज रहेको र अब राम्रोसँग नसम्हालिए झनै बिग्रँदै जाने उनले बताए ।
कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । ‘तपाईं÷हामी सबैले मिहिनेत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं । यहाँ बसेर हामीले परिणाम दिने हो’, उनले भने, ‘स्थिति ठीक छैन, असहज छ । राम्रोसँग सम्हालेनौं भने बिग्रँदै जान्छ । ठीक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौं भने फेरि सम्हालिँदै जान्छ ।’
महामन्त्री थापाले २०८० सालमा कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।




















प्रतिक्रिया