Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले गरे आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउदले लिए शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसमा मन्त्रीहरुकाे भागबन्डा र आकांक्षी धेरै भएपछि कुरा मिल्न सकेकाे छैन ।  प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १६:१४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।