काठमाण्डाै । भाइरल ज्वराेकाे कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै ओलीले आफू अस्वस्थ भएकाे बताएका हुन् । उनले लेखेका छन् , ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’
अस्वस्थताका कारण बारा-२, चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको प्रचार प्रसारमा सहभागी हुन नसकेको भन्दै उनले स्वास्थ्य ठिक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।




















प्रतिक्रिया