Logo

प्रमुख समाचार

रद्व भयो स्मार्ट टेलिकमको लाइसेन्स

काठमाडौं– स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) रद्द भएको छ । स्मार्ट टेलिकमले नविकरण दस्तुरवापतको २० अर्ब र थप जरिवाना ३ अर्ब रुपैयाँ तोकिएको मितिभित्र नबुझाएकाले लाइसेन्स रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्राधिकरणकाअनुसार वैशाख तीन गतेसम्म तोकिएको लाइसेन्स नविकरण दस्तुर नबुझाएपछि ऐनअनुसार कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो। दूरसञ्चार ऐन २०५३ मा समयमै नविकरण दस्तुर नबुझाएपछि लाइसेन्स स्वतः रद्द हुने प्रावधान छ । स्मार्ट टेलिकमको लाइसेन्स रद्द भए पनि यसको सेवा भने सुचारु राख्न प्राधिकरणले निर्देशन दिएको छ।

वैशाख २ गते स्मार्ट टेलिकमले लाइसेन्स लिएको १० वर्ष पुगे पनि २ गते सार्वजनिक बिदा भएकाले नविकरण तथा थप जरिवाना दस्तुर गरी २३ अर्ब तिर्नलाई वैशाख ३ गतेसम्मको समय पाएको हो।

स्मार्ट टेलिकमको लाइसेन्स रद्द भएसँगै सम्पति व्यवस्थापन नियमावली, २०७९ु अनुसार यसको सम्पति मूल्यांकन र जफतलगायतको काम सुरु हुने भएको छ। वैशाख २ गते सोमबार बिहानको बोर्ड बैठकले स्मार्ट टेलिकमको सम्पति मूल्यांकन र व्यवस्थापन अध्ययनका लागि समिति बनाएको छ । त्यही समितिले स्मार्ट टेलिकमको सम्पति व्यवस्थापनको काम सुचारु हुनेछ।

स्मार्ट टेलिकमले गत माघ दुई गते नै प्राधिकरणलाई नविकरण दस्तुरवापतको २० अर्ब रुपैयाँसहित निवेदन बुझाउनुपर्ने थियो। नविकरण दस्तुर बुझाउनुभन्दा दस्तुर मिनाहा गर्नतर्फ स्मार्ट टेलिकमले राजनीतिक चलखेल तर्फ लाग्दा यो अवस्था आएको प्राधिकरण स्रोतले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ११:११   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।