काठमाडौं । त्रिवि अन्तर्गतका १२ वटा आंगिक क्याम्पसमा अझै स्ववियु निर्वाचन हुन सकेको छैन ।
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा निर्वाचन सम्पन्न भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।
त्यसैगरी उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ८ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन हुन नसकेको त्रिवि स्ववियु निर्वाचन समितिले जनाएको छ । क्याम्पसका विद्यार्थी संगठनहरुबीचको आपसी द्वन्द्वले निर्वाचन कार्यालयमा ताला लगाउने लगायतका कारण स्थगित हुँदै आएका यी क्याम्पसहरुमा अब स्ववियु निर्वाचनको सम्भावना न्यून रहेको त्रिविले जनाएको छ ।




















प्रतिक्रिया