Logo

प्रमुख समाचार

वैशाख ११ मा दाेस्राे पटक विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ मा दोस्रोपटक विश्वासको मत लिने भएका छन् । गत पुस २७ गते मुख्यमन्त्री बनेका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

तर केन्द्रमा समीकरण बदलिएसँगै माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक ११ गते बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १६:३४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।