Logo

राजनीति

वाग्ले डलर खेतीमा लाग्दा भट्टराई तनहुबासीलाई पानी खुवाउन तल्लिन थिए : अध्यक्ष गुरुङ



तनहुँ । कांग्रेसका नेता रामचन्द्र पाैडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा अहिले उपनिर्वाचनकाे चहलपहल ब्यापक छ ।

निर्वाचन क्षेत्रमा आसन्न उपनिर्वाचन सन्दर्भमा तनहुँ निर्वाचन क्षेत्र न.१ मा गठबन्धन उम्मेदवार कांग्रेस उम्मेदवार, ऐमाले उम्मेदवार र रास्वपा उम्मेदवारबीच तीब्र चुनावी प्रतिष्पर्धा भएकाे छ । कांग्रेसमै रहेका स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि झन उक्त क्षाेत्रमा चुनावी चहलपहल बढेकाे छ ।

आज भएकाे बृहत् तरुण भेलालाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सम्बोधन गरेका छन् । अध्यक्ष गुरुङले रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेलाई कटाक्ष गर्दै भने, ‘वाग्ले डलर खेतीमा लागेका थिए ।त्यस बेला यस ठाउँमा गोबिन्द भट्टराई तनहुँबासीलाई पानी खुवाउन तल्किन थिए ।’ अध्यक्ष गुरुङले भट्टराई यसै ठाउँमा जन्मिएर , हुर्किएर तनहुँको बिकासको लागि आफूलाइ समर्पित गरेकाले मतदातालाई जिताउ आग्रह गरे ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १७:२२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।