Logo

प्रमुख समाचार

फोहोर नउठाएको भन्दै काठमाडाैं महानगरविरुद्ध परेको रिट न्यायाधीश कार्कीको इजलासमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार, शीतलनिवास र बालुवाटारलगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ । फोहोर नउठाएको भन्दै अधिवक्ता पदम श्रेष्ठले महानगरविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने रिटमा जिकिर गरिएको छ । संघीय सरकार र स्थानीय सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि रिटमा विपक्षी बनाइएको छ।

काठमाडौं महानगरले ती स्थानमा फोहोर नउठाएको मंगलबार १० दिन पुगेको छ । वार्ताको औपचारिक प्रस्ताव नआएसम्म र वार्ता सफल नभएसम्म आफ्नो अडानबाट महानगर टसमस नहुने अडानमा छ भने संघीय सरकारले पनि त्यसका लागि कुनै ठोस कदम चालेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ११:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।