काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले लामो समयसम्म सरकारले पूर्णता पाउन नसकेकोमा प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठक बोल्दै उनले सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ?’ सांसद आचार्यले प्रश्न गरे ।
सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने सुझाव पनि उनले दिएका छन् ।




















प्रतिक्रिया