काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले सदनमा प्रस्ताव गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संसोधन विद्येक माथि छलफल गर्दै राप्रपा सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीको तीन पुस्ते सम्पत्ति जफत गर्नुपर्ने बताएका छन् ।
छलफलमा सहभागी शाहीले भने, ‘भ्रष्टाचारीको तीन पुस्ते सम्पत्ति जफत गरौं । अख्तियारलाई नाम फेरेर दुरुपयोग निवारण आयोग बनाऔं ।’ उनले अख्तियार जहिले पनि अनुसन्धानमा नै सीमित भएको बताए । उनले ठूला भ्रष्टाचारीहरुलाई कारबाही गर्ने हैसियत अख्तियारमा नभएको भन्दै सुधार आवश्यक भएको बताए ।




















प्रतिक्रिया