Logo

प्रमुख समाचार

कर्मचारीहरुद्वारा सिंहदरबार ठप्प पार्ने आन्दोलनको घोषणा



काठमाडौं – निजामती कर्मचारीहरूको युनियनहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन्। ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने, २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने आन्दोलनका कार्यक्रममा उल्लेख छ।

कर्मचारी युनियनले कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ। प्रस्तावित संघीय निजामती सेवा ऐनमा युनियनहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले कर्मचारीले आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरूले वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन हुनुपर्ने माग राखेका छन। निजामती सेवामा तहगत प्रणाली लागु गर्ने कि नगर्ने, प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारी हुने कि प्रदेश वा स्थानीय तहका कर्मचारी हुने भन्नेलगायत विषयमा राजनीतिक सहमति बनिसकेको छैन।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:५४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।