पोखरी । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् । नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबारसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकामा नेता पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले दाबी पेश गरेको हो ।
पाण्डेलाई कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुका समर्थन छ । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।




















प्रतिक्रिया