काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ ।
सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिकलगायतका समितिहरू पनि गठन गरेको छ ।
अदालतले नागरिकता विवादमा दोषी ठहर गर्दै लामिछानेको गृहमन्त्री, सांसद, रास्वपा सदस्य समेत खारेज गरेपपछि उपसभापति समेत रहेका डोलप्रसाद अर्याल संसदीय दलको नेता रहेका थिए । उनले राजिनामा दिएपछि बैठकले आज लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो ।




















प्रतिक्रिया