जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको पछिल्लाे कार्यशैलीले कोरोना महामारी झन् विकराल बन्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले ट्वीट गर्दै महामारीका बेला जनताले पाउने स्वास्थ्य अधिकार प्रदान गर्नुपर्ने ठाउँमा भागेर सरकारले गैरजिम्मेवारीपन देखाएको उनको आरोप छ ।
पैसाको अभावका कारणले यस्तो निर्णय लिइएको हो भने सरकारले अन्य तर्फका खर्च कटौँती गरेर भएपनि जनताको स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उनले सुझाव दिएका छन् ।
कोरोना परीक्षण तथा उपचारमा सक्नेले रकम तिरेर र नसक्नेले नतिर्ने भन्ने भन्दापनि सरकारले सबैलाई निशुल्क गराएर बरु रकम दिने दाता भए लिनसक्नेगरीको बातावरण बनाउन सकिने आशाय रहेको बताए ।

सरकारले केहिदिन अघि विपन्न तथा असाहायहरुको लागि निशुल्क र सक्नेले आफ्नै खर्चमा कोरोनाको परीक्षण तथा उपचार गराउनुपर्ने निर्णय गरेको थियो । तर सरकारको यो निर्णयप्रति धेरैले बिरोध जनाइरहेका छन् ।




















प्रतिक्रिया