नेपाली कांग्रेसले केन्दीय समितिमा नेता डा. मिनेन्द्र रिजाललाई मनोनयन गरेको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम रिजाललाई केन्दीय सदस्यमा नियुक्त गरिएको नेपाली कांग्रेसले जनाएको छ । गएको चुनावमा टिकट नपाएका कारण रिजाल सांसदको चुनावमा पनि सहभागी हुन पाएका थिएनन् ।
उनले नेपाली कांग्रेस पार्टीभित्र कुनै ठोस जिम्मेवारी पनि अहिलेसम्म पाएका थिएनन् ।




















प्रतिक्रिया