काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने लगातार चौथो दिन पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ । गत आइतबारदेखि चाँदी तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया