Logo

प्रमुख समाचार

चीनको छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा काठमाडौं चिनाउँदै उपप्रमुख डंगोल



काठमाडौँ । प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौँ सहरमा पर्यटनको महत्वपूर्ण सूचक भएको काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

चीनको छाङ्सामा चलिरहेको फ्राग्रान्ट टुरिजम समिटमा बोल्दै उपप्रमुख डंगोलले भनिन्, ‘पर्यटन पूर्वाधारका लागि भूगोल, मानवीय सभ्यता, प्राकृतिक सम्पदालगायत विभिन्न आधार र सूचक हुन सक्छन् । काठमाडौँ कला, साहित्य, सिर्जना र सभ्यतासँग सम्बन्धित रोचक तथ्य भएको ठाउँ हो । यसको विशेषतालाई हामी पर्यटन व्यवस्थापनसँग जोड्दैछौँ ।’

उपप्रमुखसँगको डाइलग प्यानलमा मोल्डोभाको चिसिनाउ नगरका प्रमुख लोन केवान, टुर्कीको इज्मिर नगरका प्रमुख टुङ्क सोयेर, मुरितियुसको पार्ट लुइस नगरका प्रमुख माफुज मौसा क्याडरसिबलगायत सहभागी थिए । उनीहरुले आफ्ना आफ्ना सहरका विशेषता र पर्यटन पूर्वाधारका सूचकका विषयमा धारणा राखेका थिए । सेसनमा पेरुको माचापिचु नगरका प्रमुख एल्भिन लेसिन, चीनको सान्या नगरका प्रमुख सुन ली सहभागी थिए।

वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणामा उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौँ महानगरपालिकाको ४ सदस्यीय प्रतिनिधि मण्डल समिटमा सहभागी भएको छ । कार्यभार सम्हालेपछि उपप्रमुख डंगोल पहिलो पटक अन्तरराष्ट्रिय कार्यक्रममा सहभागी भएकी हुन्।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार २०:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।