काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ कायम भएको हो । बिहीबार १ हजार ४३० रुपैयाँ रहेको थियो ।




















प्रतिक्रिया