Logo

अर्थ

मौद्रिक नीति समीक्षा: लचक भयो राष्ट्र बैंक, ऋणीहरुलाई विशेष सहुलियत(यस्तो छ पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गरेको छ । शुक्रवार बिहान बसेको राष्ट्र बैंक बोर्ड बैठकले वित्तीय बजारलाई सहज बनाउन बैंक दर १ प्रतिशतले घटाएर ७ दशमलव ५ प्रतिशत कायम गरेको छ । यसअघि यस्तो दर ८दशमलव ५ प्रतिशत थियो ।

यसका साथै कर्जाको आवश्यकता र औचित्यता हेरेर कर्जाको पुनतालिकीकरण र पुनः संरचना गर्ने पनि भएको छ । तर, यस्तो सुविधा भने होटल, रेष्टुराँ तथा निर्माण क्षेत्रका कम्पनीले मात्र पाउने छन् । अन्य कम्पनीलाई भने यस्तो सुविधा दिइएको छैन । अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् ।

मौद्रिक नीतिले सेयर धितो कर्जा तथा तथा अन्य क्षेत्रलाई भने चलाएको छैन । यसअघिको व्यवस्थालाई नै निरन्तरता दिएको छ ।

पूर्ण पाठ

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १२:३३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।