नेशनल एकाउन्टेबिलिटी ब्यूरोले पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई मंगलबार इस्लामाबाद उच्च अदालत परिसरबाट अल-कादिर ट्रस्ट मुद्दामा पक्राउ गरेको थियाे। इमरान खानलाई दुई दिन हिरासतमा राखिएको थियो । त्यसपछि बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी गैरकानुनी घोषित गरेको थियो ।
अदालतले उनलाई प्रहरी लाइनको गेस्ट हाउसमा थुनामा राख्न आदेश दिएको थियाे । साथै सर्वोच्च अदालतले उनलाई शुक्रबार इस्लामावाद उच्च अदालतमा हाजिर हुन आदेश दिएको थियो ।
अदालतमा के भयाे भन्ने प्रश्नमा खानले भने, ‘यहाँ सर्कस चलिरहेको छ, तर मलाई थाहा छ म अझै पनि सबै मुद्दामा जमानत पाउनेछु। सर्वोच्चले भनेको छ, जसरी अवैध रूपमा मलाई यहाँको परिसरबाट पक्राउ गरिएको थियो, त्यसरी नै यसपटक उच्च अदालत बाहिरबाट पनि अवैध रूपमा पक्राउ हुन्छु । मलाई थाहा छ म गिरफ्तार हुनेछु।
र त्यसपछि के हुनेछ म यसलाई कसरी नियन्त्रण गर्न सक्छु? इस्लामावाद आउनुअघि मैले भनेकाे थिए कि यदि मेरो विरुद्ध कुनै वारेन्ट छ भने मलाई देखाउनुहोस् र म आत्मसमर्पण गर्छु। तर तिनीहरूले मेरो घरमा आक्रमण गरे। मेरो घरमा २४ घण्टा छापा मारेको थाहा छ ?
मैले भनें कि यो नगर्नुहोस् किनभने त्यहाँ ठूलो प्रतिक्रिया हुनेछ, जसलाई नियन्त्रण गर्न गाह्रो हुनेछ। किनभने भीडलाई कसैले नियन्त्रण गर्न सक्दैन।
त्यसपछि उनीहरूले मलाई समातेर जेलमा हाले ।’




















प्रतिक्रिया