कुनै समयमा एक अर्काको मुख समेत हेर्न नचाहने प्रमुख दलका शीर्ष नेताको भेटघाट एवं छलफल ह्वातै बढेपछि शंकाको नजरले हेरिनथालिएको छ।
नेपाली नक्कली शरणार्थी प्रकरण’अनुसन्धान चलिरहेका बेला प्रमुख तीन दलका अध्यक्षबीच पछिल्लो समय दैनिक भेटघाट हुने गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण’bout अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटलाई लिएर संसदमा प्रश्न उठेको छ । विभिन्न पार्टीका सांसदले सो भेटघाटलाई शंकाको नजरले हेर्दै प्रश्न उठाएका छन् ।
उता समाजिक सञ्चालमा समेत सर्वसधारणले शंकाको नजरले हेर्दै प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने दबाब दिँदै आएका छन् । सर्वसधारण एवं विभिन्न दल निकटका भ्रातृसंगठनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ जसो दबाब जुलुस निकाल्दै भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै संरक्षण नगर्न चेतावनी दिएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ भन्दा बढी पक्राउ परेका छन् । कतिपय नेताका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको र केही फरार सूचीमा रहेका छन् । आरोपित यिनीहरूका सम्बन्ध शीर्ष नेतासँग छ ।
खाँण कांग्रेस सभापति देउवा निकट नेता हुन् । फिल्मी शैलीमा पक्राउ परेका खाँणलाई अझै नेपाली कांग्रेस पार्टीले कारबाही गरेको छैन । कारबाही किन नगरेको भन्दै कांग्रेसकै नेताहरूले सडकबाटै देउवासँग प्रश्न गरेका छन् । देउवा निकट भएकै कारण कारबाही नभएको भन्दै इतर समूहका नेताले कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
रायमाझी एमाले अध्यक्ष ओली निकटका हुन् । रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको बचाउँमा ओली उत्रिएका थिए । फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ । एमालेले उनलाई सचिवको पदबाट हालै निलम्बन गरेको छ ।
यस्तै, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्धसमेत पक्राउ पुर्जी जारी भएको छ । तर, उनी फरार छन् । सुरुमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भइरहेको थियो । तर, जब खाँण पक्राउ परेपछि निरन्तर चलिरहेको सो भेटघाटमा कांग्रेस सभापति देउवा समेत थपिए ।




















प्रतिक्रिया